कास्की २(१) का मतदाता भन्छन्–‘उम्मेदवार कार्की भुमिहिन तथा श्रमजीवी जनताका सारथी’

पाेखरा | कात्तिक १६, २०७९

कास्की २(१) का मतदाता भन्छन्–‘उम्मेदवार कार्की भुमिहिन तथा श्रमजीवी जनताका सारथी’

 

पोखरा । नेकपा एमालेको तर्फबाट  कास्की क्षेत्र नम्वर २ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिमबहादुर कार्कीलाई उक्त निर्वाचन क्षेत्रका मतदाताहरूले आम भुमिहिन तथा अव्यवस्थित बसोबास गरिरहेका जनताहरूको सारथी भएको प्रतिक्रिया दिएका छ्न् । 


केपी ओली नेतृत्वको एमाले सरकारद्वारा गठित भुमीसम्बन्धी समस्या समाधान आयोगमा केन्द्रीय सदस्य तथा प्रवक्ताका रूपमा काम गर्दा उनी हुदा खाने जनताहरूका असल सारथी भएको प्रमाणित भएको स्थानियहरूले उल्लेख गरे ।


आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँका मतदातासँग साक्षात्कार अभियानमा रहेका उम्मेदवार कार्कीलाई स्थानियले निर्वाचनमा जिताएरै छोड्ने वचन दिएका छन् । आफ्नो कार्यकालमा भुमिहिनहरूलाई भुमिको मालिक बनाउने अभियानलाई आवश्यक नीति निर्माण गर्दै नेतृत्व दिने एक मात्रै सवल उम्मेदवार कास्की २ (१) ले प्राप्त गरेको भन्दै आफुहरुका सपनालाई विपनामा बदल्ने उम्मेदवार कार्की भएको उनीहरुको विश्वास छ ।


पोखरा १५ निवासी स्थानिय मुक्ति गुरुङ भन्छन्–‘एमालेले बाँडेका सपना कहिल्यै झुटा थिएनन । जनताको पक्षमा काम गर्ने योजनाबद्द चरणमा आयोग थियो तर गठबन्धन सरकारले आयोग खारेज मात्रै गरेन, गरेका कतिपय कामलाई बैधता नदिदा भुमिहिनका समस्या अलपत्र पारे ।’  अहिले आँखामा छारो हाल्न निर्वाचनको मुखमा निस्सा बाँडेको प्रपन्च रच्ने गठबन्धन सरकारको रबैया प्रति सबै भुमिहिन जनताहरू सचेत रहेको उनले बताए ।


हिजोका दिनमा भुमिहिनको नाम लिएर आफू मोटाउने दाउमा लागेकाहरूदेखि सतर्क रहदै सच्चा भुमिहिनको अधिकारका लागि लड्ने पार्टी एमाले नै आफुहरूको रोजाईमा रहने पोखरा ७ निवासी स्थानिय निकेश श्रेष्ठले प्रष्ट पारे ।
 

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

थप पढ्नुहोस्

काठमाडौं:  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।    आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो ।  सार्वजनिक भएको...

थप पढ्नुहोस्

पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि ...

थप पढ्नुहोस्